२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


‘डेढ वर्षभित्र तीन तहको चुनाव गर्न निर्वाचन आयोग तयार’ (भिडियोसहित)


0
Shares

काठमाडौं, असार ३ । सरकारले डेढ वर्षभित्र तीन तहको निर्वाचन गर्ने गरी कार्ययोजना तयार पारेपछि त्यसअनुरुपको निर्वाचन गर्न आयोग तयार रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने कानुनहरु बनाउनुपर्ने र त्यसपछि १ सय २० दिनको समय चाहिने आयोगको भनाइ छ ।

शुक्रबार हामीसँग कुरा गर्दै आयोगका प्रवक्ता बासुदेव गुरागाइँले निर्वाचन आयोगसम्बन्धी ऐन, मतदाता नामावलीसम्बन्धी ऐन, राजनीतिक दलसम्बन्धी ऐनलगायतका ऐन बन्न जरुरी रहेको बताए ।

मंसिरमा गर्ने भनिएको स्थानीय निकायको निर्वाचनका लागि भने कानुन छिट्टै बन्नुपर्ने आयोगको भनाइ छ ।

निर्वाचनका लागि राजनीतिक दलहरुबीच सहमति आवश्यक भएकोसमेत आयोगको भनाइ छ ।

कुन मितिसम्म १८ वर्ष पुगेका नागरिकलाई मतदान गर्न दिने र त्यसअनुसारको मतदाता नामावली तयारपार्ने काम गर्नुपर्ने प्रवक्ता गुरागाइँले बताए ।

आयोग जस्तोसुकै निर्वाचन गर्नसमेत सक्षम रहेको उनको भनाइ छ ।

सरकारले निर्वाचन गर्ने भनेपनि अझैपनि आयोगले पूर्णता पाएको छैन ।

सरकारले आगामी मंसिरभित्र स्थानीय तह २०७४ जेठमा प्रदेश र २०७४ कात्तिक–मंसिर महिनामा प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन गरिसक्ने गरी कार्यतालिका बनाएको छ ।

भिडियो हेर्नुहोस्