
तौलिहवा, वैशाख २० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कपिलवस्तुको शिवराज नगरपालिकाको कैलाखोलानजिकै शुक्रबार बिहान कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
दाङबाट कपिलवस्तुको चन्द्रौटातर्फ जाँदै गरेको बा१४च ८४४५ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार रामपुर–६, दाङका ४७ वर्षीय तीर्थ आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक बाबुराजा पन्तले बताए ।
यसैगरी, कारमा सवार लमही–८, दाङका २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते चौधरीको हाल प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
कार अनियन्त्रित भइ सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्