Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


एसएलसीमा ग्रेडिङबारे मिश्रित प्रतिक्रिया, यसो भन्छन् शिक्षाविद् (भिडियोसहित)


0
Shares

प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, असार ३ । प्रवेशिका परीक्षामा ग्रेडिङ प्रणाली लागू गरेर पहिलोपटक बिहीबार नतिजा सार्वजनिक भएसँगै यो प्रणालीकोबारेमा सकारात्मक र नकारात्मक टिप्पणीहरु आउन थालेका छन् ।

विद्यार्थी, अभिभाव तथा शिक्षकमात्रै होइन, यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको पनि यो विषयमा आ–आफ्नै तर्क गर्ने गरेका छन् ।

विक्रम सम्वत् १९९० सालदेखि नेपालमा सुरु भएको प्रवेशिका परीक्षा अब इतिहास बनेको छ ।

८२ वर्ष इतिहास बोकेको प्रवेशिका परीक्षाअन्तर्गत् यो वर्षको परीक्षाको नतिजा लेटर गे्रडिङमा प्रकाशित भयो । तर, यो प्रणालीका विषयमा विगतदेखिकै विवाद ज्यूँका त्यूँ छ ।

शिक्षाक्षेत्रका विज्ञ र सरोकारवाला निकायहरुबीच पनि यो प्रणालीका विषयमा मतैक्यता पाइँदैन ।

शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला अहिलेको ग्रेडिङ प्रणाली ‘शृंगारिक परिवर्तन मात्रै हो’–भन्छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।