
तनहुँ, असार ३ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रेस चौतारी तनहुँले शुक्रबार दमौलीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकारमा समावेश हुन आग्रह पनि गरे ।
नेपालले शुक्रबारै दमौलीमा नेकपा एमाले व्यास नगर कमिटीको नवौं अधिवेशनको उद्घाटन गर्दै आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने दाबी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्