काठमाडौं, असार ३ । यो वर्षको रोटरी जर्नो अवार्डबाट ६ जना सन्चारकर्मीहरुलाई पुरस्कृत गरिएको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पुरस्कृत हुनेहरुमा इमेज च्यानलकी शैलजा सिंहलाई स्वास्थ्य, सुर्दशन सिग्देललाई शिक्षा, प्रमोदकुमार टन्डनलाई वातावरण, राधिका ढकाललाई अर्थ, सिर्जना अर्याललाई महिला तथा विकास र हरिशरण लामिछानेलाई मूलधार पत्रकारिता रहेका छन् ।
रोटरियन केशव कुँवर र पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले उनीहरुलाई पुरस्कृत गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्