चितवन, असार ४ । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत् चन्डिभञ्याङ गाविस–६ कालीखोलामा शुक्रबार साँझ पहिरो खसेर अवरुद्ध भएको सडक सन्चालनमा आएको छ ।
चिवतनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त कुँवरले पहिरो पन्छाएपछि रातिदेखि सवारी आवागमन सन्चालनमा आएको जानकारी दिए ।
उनकाअनुसार रोकिएका सवारी गन्तव्यतर्फ गएको छ । साँझ सोही खन्डको चार किलो भन्ने स्थानमासमेत पहिरो खसेको थियो ।
दुबै क्षेत्रको पहिरो हटाइएको प्रहरीले जनाएको छ । उक्त सडकमा पछिल्लो समयमा दैनिकजसो पहिरो खसेर अवरुद्ध हुँदै आएको छ ।
सोही क्षेत्रमा राति गाडीसमेत बिग्रिएर सवारी आवतजावत प्रभावित भएपनि अहिले भने पूर्णरुपमा सन्चालनमा रहेको छ । रासस
फाइल फोटो





प्रतिक्रिया दिनुहोस्