रसुवा, असार ४ । घरदैलोमा नागरिकलाई सरकारी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले एकीकृत घुम्ती शिविर सेवा सन्चालन गरेको छ ।
ग्रामीण क्षेत्रका नागरिकको सदरमुकामसम्म पहुँच नपुगेको अवस्थामा रसुवाको उत्तरी भेगको चिलिमेमा एकीकृत घुम्ती सेवा सन्चालनमा ल्याइएको हो ।
शिविरमा स्वास्थ्य, कृषि, पशुसेवा, नागरिकता तथा फोटोसहितको मतदाता नामावली, भूकम्पप्रतिरोधात्मक आवास निर्माणसम्बन्धी परामर्शलगायतका सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
तीनदिने शिविरमा उत्तरी भेगका गत्लाङ, गोल्जुङ, चिलिमेलगायतका गाविसका बासिन्दाले सेवा लिने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्