११ असार २०८२, बुधबार | Wed Jun 25 2025


झोछेंमा घुम्ती प्रहरी बिट


0
Shares

काठमाडौं, असार ४ । काठमाडौंको झोछेंमा घुम्ती प्रहरी बिट स्थापना गरिएको छ ।

स्थानीयको मागबमोजिम स्थापना गरिएको घुम्ती प्रहरी बिटको शनिबार प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले उद्घाटन गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक थापाले समाजमा शान्ति, सुरक्षा कायम गर्नु र जनतालाई सुरक्षा दिनु प्रहरीको दायित्व भएकाले प्रहरी बिट स्थापना गरिएको बताए ।

उनले जनताले खोजेको समयमा घुम्ती प्रहरी बिटमार्फत् तत्कालै सुरक्षा दिन सकिने बताए ।

कार्यक्रममा घुम्ती प्रहरी बिट स्थापनामा सहयोग गर्ने संघ–संस्था र व्यक्तिलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।