२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


एसएसपी पोखरेललाई डीआइजीमा बढुवा सिफारिस


0
Shares

काठमाडौं, वैशाख २० । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेललाई प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

मन्त्रालयमा बिहीबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार उक्त पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेल हाल केन्द्रीय लागुऔषध ब्यूरो कोटेश्वरमा कार्यरत् छन् । रासस