५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


बेल्जियममा आतंकवादविरुद्ध व्यापक अपरेसन


0
Shares

काठमाडौं, असार ४ । बेल्जियममा आतंकवादविरुद्ध प्रहरीले व्यापक अपरेसन गरेको छ । ब्रसेल्स्मा तीन महिनाअघि भएको घातक बम विष्फोटपछि गरिएको अपरेसनका क्रममा १२ जनालाई पक्राउ गरिएको छ ।

सरकारी अभियोजनकर्ताहरुले पक्राउ परेकाहरु आतंकवादी आक्रमणको योजना बनाउने शंकास्पद व्यक्ति रहेको बताएका छन् ।

उनीहरु सोधपुछका लागि पक्राउ गरिएका ४० जना मध्येका हुन् । बेल्जियममा पछिल्लो समय आईएसबाट आक्रमणका धेरै चेतावनीहरु आएको बताइन्छ ।

गत मार्च २२ मा ब्रसेल्स्को विमानस्थल र मेट्रो स्टेसनमा गरिएको बम विष्फोटमा ३२ जनाको मृत्यु भएको थियो । (एजेन्सी)