११ असार २०८२, बुधबार | Wed Jun 25 2025


पोखरामा प्याराग्लाइडिङ विस्थापित हुुने संकेत


0
Shares

पोखरा, असार ४ । पोखरामा अन्तर्रारष्ट्रिय बिमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ व्यवसाय यस क्षेत्रवाट विस्थापित हुुने भएका छन ।

ब्यवसायीलाई बिकल्प खोज्न पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले सुझाव समेत दिएको छ ।

नेपाल हवाई खेलकुद संस्था पोखराले आज पोखरामा आयोजना गरेको प्याराग्लाईडिङ्ग व्यवसाय, समस्या, चुनौति र समाधान विषयक अन्तरक्रियामा पर्यटन मन्त्रालयका सहसचिब बुद्धिसागर लामिछानेले चार वर्ष भित्र पोखराका प्याराग्लाइडिङ्ग ब्यवसायीलाई  बिकल्प खोज्न आग्रह गरेका हुन् ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर तयार भएपछि कहाँ सम्म प्याराग्लाइडिङ्ग उडानका लागि अनुमति दिने भन्ने टुङ्गो लाग्ने वताए । पोखरामा प्याराग्लाइडिङ्गमा करिब १ अर्व  लगानी छ ।