११ असार २०८२, बुधबार | Wed Jun 25 2025


साउन १५ भित्र कक्षा ११ मा विद्यार्थी भर्ना लिइसक्नुपर्ने, १६ बाट पठनपाठन


0
Shares

काठमाडौं, असार ४ । देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।
एसएलसी नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी भर्ना लिन परिषद्ले उमाविहरुलाई निर्देशन जारी गरेको हो ।

कक्षा ११ का विद्यार्थीले भदौ मसान्तसम्म विद्यार्थीको रजिस्ट्रेसन आवेदन बुझाइसक्नुपर्ने गरी शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए ।

त्यसैगरी कक्षा १२ को हकमा भने साउन १ गतेसम्म विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन २ गतेदेखि पढाइ सञ्चालन गरिसक्न परिषद्ले निर्देशन दिएको छ ।

त्यसैगरी कक्षा ११ को परीक्षा २०७४ वैशाखको अन्तिम सातासम्म र कक्षा १२ को वैशाख दोस्रो सातासम्ममा परीक्षा सञ्चालन गर्नसमेत परिषद्ले उमाविलाई निर्देशन दिएको छ ।

उमाविहरुले कक्षा ११ को कार्तिक मसान्तभित्र र कक्षा १२ को साउन मसान्तभित्र नतिजासमेत सार्वजनिक गरिसक्नुपर्ने निर्देशन दिएको छ । परिषद्का अनुसार सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई छात्रवृत्तिका लागि विशेष प्राथमिकता दिने भएको छ ।