
काठमाडौं, असार ५ । कोरियामा रोजगारीमा जानका लागि लिइने ईपीएस कोरियन भाषा परीक्षा आज पनि सञ्चालन भइरहेको छ ।
काठमाडौंका १८ र पोखराका तीन केन्द्रमा आज दोस्रो दिन पनि परीक्षा भइरहेको हो । आजको परीक्षामा करिब ३० हजार परीक्षार्थी सहभागी छन् । शनिबार भएको पहिलो दिनको परीक्षामा २८ हजार ६ सय ८२ जना सहभागी भएका थिए ।
फाराम भरेका ११ सय २० जना पहिलो दिनको परीक्षामा अनुपस्थित रहेका थिए । शनिबारको परीक्षामा ३१ जना भने नक्कली परीक्षार्थी भेटिएका थिए ।
कोरियाले यस वर्ष ३ हजार १ सय जनालाई लैजाने गरी कोटा तय गरेको छ । तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १ सय जना कृषिका लागि दक्षिण कोरिया जाने छन् । परीक्षाको नतिजा आगामी साउन ११ गते प्रकाशित हुने छ ।
प्रतिक्रिया दिनुहोस्