११ असार २०८२, बुधबार | Thu Jun 26 2025


कैदीबन्दीलाई उपचार गर्न रकमको अभाव


0
Shares

ताप्लेजुङ, असार ५ । ताप्लेजुङ कारागारमा क्षमताभन्दा चार गुणा कैदीबन्दी राखिएपछि बिरामी कैदीबन्दीको उपचार गर्न रकमको चरम अभाव भएको छ ।

कारागार व्यवस्थापन विभागले पठाउने रकम अघिल्लो वर्षको ऋण तिर्नमै खर्च हुन थालेपछि कैदी÷बन्दीको उपचारमा समस्या परेकोे जिल्ला कारागार शाखाका प्रमुख मेघराज भारतीले जानकारी दिए ।

केन्द्रबाट निकासा भएको रकमले एक चौमासिक अवधिसम्म पनि कैदी÷बन्दीको उपचार सम्भव नहुने उनले बताए । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा अहिले १ सय ४ जना राखिएको छ ।