
काठमाडौं, वैशाख १९ । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले ऋणात्मक रहेर थामियो । कारोबार पनि खुम्चियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले ऋणात्मक रहेर १२ सय ९४ कायम भएर थामियो ।
कारोबार भएकामध्ये बढीजसो समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो ।
जीवनबिमा, विकास बैंक, लघुवित्त, वाणिज्य बैंक, जलविद्युत्, वित्त र अन्य समूह ओरालो लागेका हुन् । जीवनबिमा र विकास बैंक समूह दोहोरो अंकले घटेपनि अरु सामान्य अंकले ऋणात्मक रहेका हुन् ।
उत्पादनमूलक, निर्जीवन बिमा र होटल समूह भने दोहोरो अंकले उकालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका १८ लाख कित्ता सेयर जम्मा ५९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्