काठमाडौं, असार ५ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले संविधान आफूहरुले स्वीकार नगरेकोले यो संविधान अनुसार हुने चुनावमा आफूहरु सहभागी हुने स्पष्ट पारेका छन् । उनले आफूहरुले अघि सारेको सात बुँदे सर्तमा सरकार सकारात्मक भए वार्ताबाट समस्याको समाधान गर्न आफूहरु तयार रहेको पनि बताए ।
आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘हामी वार्ता विरोधी होइनौं ।’ वार्ताबाटै समस्याको समाधान हुन्छ भन्नेमा आफूहरु दृढ रहेको बताउँदै उनले भने, ‘तर त्यसका लागि हामीले अघि सारेको सर्तमा सरकार सकारात्मक हुनु पर्छ ।’
अध्यक्ष झाले आन्दोलनजन्य कुराहरु घाईतेको निशुल्क उपचार, मृतक परिवारलाई क्षतिपूर्ति, झुठामुद्दा फिर्ता र मृतकलाई शहीद घोषणा गरे वार्ताको वातावरण बन्ने स्पष्ट पार्दै संविधानको पुनर्लेखनको विषयमा वार्ताको क्रममा माग सम्बोधन गर्ने अन्य विकल्पसमेत हुन सक्ने बताए ।










प्रतिक्रिया दिनुहोस्