Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एकदिवसीय वरीयतामा नेपाल यथावत्


0
Shares

काठमाडौं, वैशाख १९ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय क्रिकेटको नयाँ वरीयतामा नेपाल १४औं स्थानमा यथावत् रहेको छ ।

आइसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५२ अंकसहित १४औं स्थानमा यथावत् रहेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न युएईविरुद्वको एकदिवसीय सिरिज खेलेपछि नेपालले आइसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । त्यतिबेला नेपालले युएईविरुद्व तीन खेल खेलेको थियो ।

गत माघमा भएको उक्त प्रतियोगितामा नेपालले युएईलाई २–१ ले पराजित गरेपछि एकदिवसीय मान्यता पाएको थियो । युएई नेपालभन्दा एक स्थान तल छ ।

युएई १५औं स्थानमा छ भने केही समयअघिमात्र एकदिवसीय मान्यता पाएको पपुवा न्यूगिनी १६औं स्थानमा छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रो स्थानमा भारत, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा न्यूजिल्यान्ड र पाँचौं स्थानमा अष्ट्रेलिया रहेको छ । रासस