
काठमाडौं, असार ५ । नेपाल स्काउटले १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी उसु खेलाडी निमा घर्ती मगर र जेठ ८ गते सगरमाथाको सफल आरोहण गरेका अनिस लुँइटेललाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको छ ।
नेपाल स्काउटको ६४ औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा स्काउट निमा घर्ती मगर र अनिस लुइटेललाई सम्मान गरिएको हो ।
कार्यक्रममा १० जनालाई स्वर्ण सेवा पदक र स्काउट मास्टरको रुपमा १५ वर्षभन्दा बढी सेवा गरेका एक सय ९७ जनालाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।
प्राकृतिक प्रकोपमा सहयोग, आपतकालिन अवस्थामा राहत वितरणलगायत सामाजिक कार्यमा अग्रसर नेपाल स्काउटले सन् २०२५ सम्म सदस्य संख्या दुई लाख ५० हजार पुर्याउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्