
काठमाडौं, असार ५ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले वर्तमान सरकारको निरन्तरतामा जोड दिएको छ ।
पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै फोरम लोकतान्त्रिकले राष्ट्रिय सहमतिको सरकारमात्रै अहिलेको सरकारको विकल्प हुनसक्ने निश्कर्ष निकालेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्न आइतबार राजधानीमा भएको पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकारमात्रै अहिलेको सरकारको विकल्प हुनसक्ने बताए ।
उनले राष्ट्रिय सहमतिको सरकार निर्माणमा आफ्नो पार्टीले भूमिका खेल्ने पनि बताए ।
अध्यक्ष गच्छदारले आठ प्रदेश बनाउनुपर्ने पार्टीको मान्यता कायमै रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्