
काठमाडौं, असार ५ । पछिल्ला दिन निरन्तर बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा आइतबार ब्रेक लाग्यो ।
यसदिन उतार चढावबीच बजार परिसूचक नेप्से १० अंक बढीले ऋणात्मक रहेर १६२२ मा आएर थामियो ।
बीमा, वाणिज्य बैंक, जलविद्युत र विकास बैंक समूमा उल्लेख्य गिरावट आएसँगै नेप्से दोहोरो अंकले झरेको हो । बीमा समूहमा १५५ अंकको कमी आयो ।
जलविद्युत समूह १९ अंकले र वाणिज्य बैंक समूह पनि १० अंकले ओरालो लाग्यो ।
अन्य, होटल, उत्पादनमूलक र वित्त समूहमा भने सामान्य अंकको सुधार आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १३७ कम्पनीको १९ लाख ३१ हजार कित्ता शेयर १ अर्ब ६६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्