११ असार २०८२, बुधबार | Thu Jun 26 2025


वैधानिक रुपमै हड्तालको अधिकार माग


0
Shares

काठमाडौं, असार ५ । पेशागत महासंघले वैधानिक रुपमा हडताल गर्न पाउने अधिकारको माग गरेको छ ।

आइतबार राजधानीमा महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनका निर्णयहरु सार्वजनिक गर्दै यस्तो माग गरिएको हो ।

महासंघले संवैधानिक राष्ट्रिय श्रम आयोग गठनको माग पनि गरेको छ ।

यस्तै, नीति निर्माण तहमा कम्तिमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व अनिवार्य गर्न पनि माग गरिएको छ ।

महासङ्घको छैटौँ महाधिवेशनबाट अध्यक्षमा विश्वनाथ प्याकुरेल विजयी भएका छन् । उनले अध्यक्षका प्रतिस्पर्धी बाबुराम थापाको तुलनामा ११४ मत बढी प्राप्त गरी जित हासिल गरेका हुन् ।

प्याकुरेलले ३७१ र थापाले २५७ मत प्राप्त गरेका थिए ।