११ असार २०८२, बुधबार | Thu Jun 26 2025


करिब १० दिन बस्नेगरी पूर्व युवराज पारस खप्तडमा


0
Shares

डोटी, असार ५ । पूर्व युवराज पारस शाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तड पुगेका छन् ।

करिब १० दिन खप्तडमा बस्ने गरी आएका पारस डोटीको शैलेश्वरी मन्दिर दर्शन गरी झिँग्राना हुँदै खप्तड पुगेका हुन् ।

स्व राजा वीरेन्द्रले खप्तड जाँदा बस्नका लागि झिँग्रानामा बनाएको भिआइपी पाहुनागृहमै पूर्व युवराज पारस बस्ने बताइएको छ ।

उनका साथमा शितास्मा राज्यलक्ष्मी शाह, मित्र प्रवनजङ्ग सिंहलगायतका व्यक्ति पनि खप्तड पुगेका छन् । (रासस)