११ असार २०८२, बुधबार | Thu Jun 26 2025


प्रहरीमा डिभी र पिआरधारीकै बोलवाला


0
Shares

काठमाडौं, असार ६ । प्रहरीमा लामो समय अनुसन्धान गर्ने निकायमा बिताएर एसएसपी सुवोध घिमिरेले केही दिनअघि राजीनामा दिए । घिमिरेले अध्ययन र पारिवारिक कारण देखाउँदै दिएको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार औपचारिक बिदाई गरेका घिमिरेले राजीनामाको कारण जे लेखे पनि उनका ब्याचमेट उनले नैतिकता र नियमावलीको सम्मानमा राजीनामा दिएको बताउँछन् ।

खासमा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत श्रीमतीले अमेरिकामा अस्थायी बसोबार अनुमति पाएपछि घिमिरेले प्रहरी नियमावलीअनुसार राजीनामा दिए ।

उनीजस्तै संगठनका अर्का वरिष्ठ अधिकारीले भने अमेरिकाको डिभी लिएरै प्रहरीको पेन्सन पकाए । गएको शुक्रबार जागिर अवधि पुरा गरेका ती अधिकारी यता पेन्सन पकाएर अमेरिका भासिने भएका छन् ।

प्रहरीभित्र डिभी र पिआरधारीको ठूलै समूह रहेको स्रोतको दाबी छ । –नागरिक दैनिकबाट