११ असार २०८२, बुधबार | Thu Jun 26 2025


चट्याङ लागेर एकको मृत्यु अर्का एकजना घाइते


0
Shares

कञ्चनपुर, असार ६ । कञ्चनपुरको भीमदत्त नगरपालिका ५ बनगाउँमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ भने अर्को एक युवती घाइते भएकी छिन् ।

मृत्यु हुने २२ बर्षीय दिपा भट्ट हुन् । त्यस्तै रेखा भट्ट घाइते भएकी छिन् ।

सोमबार बिहान खेत रोपाइ गरिरहेको अवस्थामा परेको चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।