२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


शरणार्थीको संख्याले नयाँ कीर्तिमान कायम गर्दै


0
Shares

न्यूयोर्क, असार ३ । विश्वमा शरणार्थीको संख्याले नयाँ कीर्तिमान कायम गर्दै ६ करोड ५३ लाख पुगेको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले यसमा आधा संख्या सिरिया, अफगानिस्तान र सोमालियाबाट आएका शरणार्थीको रहेको जनाएको छ ।

शरणार्थी, आप्रवासी वा आन्तरिक विस्थापित हुनेहरुका कारण यो संख्या साँढे ६ करोड नाघेको बताइएको छ । अघिल्लो वर्ष यो संख्या ५ करोड थियो ।

विश्वमा प्रत्येक दिन ११३ जना शरणार्थी बन्ने गरेको यूएनएचसीआरको रिपोर्टमा उल्लेख छ । मध्यपूर्व र उत्तर अफ्रिकी मुलुकहरुबाट यूरोप पुगेका आप्रवासीको संख्या चुनौतिपूर्ण बन्दै गएको छ ।

यूरोपमा अहिले दोस्रो विश्व युद्धपछि कै सबैभन्दा बढी आप्रवासीको समस्या छ । आप्रवासी संकटकै बीच पनि यूरोप पुगेका ८६ प्रतिशतलाई कम र मध्यम आर्थिक अवस्था भएका मुलुकहरुमा राख्ने व्यवस्था मिलाइएको राष्ट्रसंघले जनाएको छ । (एजेन्सी)