
रुकुम, असार ६ । रुकुममा मगर समुदायको भुमेपर्व समापन भएको छ ।
रुकुम रोल्पाका खाम भाषी मगर समुदायले ठूलो पर्वकोरुपमा मनाउने यस पर्वमा भूमि पूजा गर्ने चलन छ ।
मगर समुदायको मौलिक पहिचान बोकेको भूमे पर्व वर्षमा एकपटक एक महिनासम्म मनाउने गरिन्छ ।
यस पर्वमा प्रत्येक दिन जम्मा भएर गाउँलेहरु एकसाथ नाचगान गर्ने गर्दछन् ।
भुमे पूजा नगरे भुम्या देवता रिसाएर अनिष्ट हुने, बालीनालीको उत्पादन नहुने, बाढी–पहिरोले हानि गर्ने स्थानीयको विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्