३० असार २०८२, सोमबार | Mon Jul 14 2025


भेनेजुएलामा विपक्षी नेता हुँवा गुइदोद्वारा आमहड्तालको आह्वान


0
Shares

काठमाडौं । भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोले शृङ्खलावद्ध आमहड्ताल आह्वान गरेका छन् ।

राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउने प्रयासका लागि गुइदोले शृङ्खलाबद्ध आमहड्ताल आह्वान गरेका हुन् ।

राजधानी काराकासमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ ।

विपक्षी नेता गुइदोले सैन्य कू को प्रयास गरेको र त्यो असफल भएको राष्ट्रपति मादुरो पक्षले आरोप लगाएको थियो ।

तर, अमेरिकाले भने मादुरो भागेर क्युवा जाने तयारीमा रहेको भए पनि अन्तिम समयमा रुसको आग्रहमा नगएको दाबी गरेको छ ।

अमेरिकी दाबीलाई मदुरोले खण्डन गर्नुभएको छ । गुइदो पक्षले भने मादुरोको ‘इनर सर्कल’ का तीन सदस्य उनलाई सत्ताबाट हटाउने पक्षमा सहमत भएको र पछि आफ्नो निर्णयमा अडिग रहन नसकेको दाबी गरेको थियो ।

अमेरिकी अधिकारीले गुइदोको पक्षमा उभिने बताएका मादुरोका तीन विश्वासपात्रले पछि बोली फेरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भेनेजुएलामा हजारौंले राष्ट्रपति निकोलस मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षीय गुइदोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।(एजेन्सी)