
काठमाडौं । बौद्ध दर्शन र चिया संस्कृति एक आपसमा अभिन्न अंग रहेको विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले धारणा राखेका छन् ।
लुम्बिनी बुद्धिजम एण्ड टि रिसर्च सेन्टरको उद्घाटन समारोहमा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक काशीनाथ न्यौपानेले चीनमा विकसित भएको चिया संस्कृति र नेपालमा जन्मिएका गौतम बुद्धको दर्शनबीच गहिरो सामिप्यता रहेको औंल्याए ।
बौद्ध दर्शन र चिया संस्कृति विश्वको साझा भएको बताउँदै चिनिया प्राध्यापक इन चिचौंले बौद्ध दर्शन र चियाको स्वाद एउटै भएको धारणा राखे । उनले चिया संस्कृति र बौद्ध धर्मका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ प्रगाढ बनाउन सकिने बताए ।
चीनमा टि हाउस ब्यवसाय गरिरहेका चाङ वाङले तीन लाख चिया घर रहेको चीनमा चिया संस्कृति र बौद्ध दर्शनलाई सँगसँगै लाने गरिएकाले नेपालमा पनि यसको सुरुवात गर्न सुझाव दिए ।
चिया विकास बोर्डका गौरव लुइँटेलले नेपाली चिया र चीनबीचको सम्बन्ध पुरानो रहेका ले बुद्ध दर्शन र चिया संस्कृति मार्फ अझै प्रगाढ बनाउनुपर्ने बताए ।
कार्यक्रममा संस्कृत विश्वविद्यालयको बुद्ध दर्शन विभागका प्रमुख टीकाराम न्यौपाने, वाल्मिकी क्याम्पसका प्रमुख, गणेश घिमिरे, साउद एसिया चिनिया फ्रेडसिप कोअपरेशनका अध्यक्ष अनुप भट्टराई, पत्रकार युवराज गौतमलगायतले चिया संस्कृति, बुद्ध दर्शन र चिया पर्यटनका बारेमा धारणा राखे ।
रिसर्च सेन्टरको सुरुवात
सोही कार्यक्रममा नेपाली युवाहरुको अगुवाइमा स्थापना भएको ‘लुम्बिनी बुद्धिजम एण्ड टी रिसर्च सेन्टर’को विधिवत प्रारम्भ गरिएको छ । रामचन्द्र कार्कीको अध्यक्षतामा स्थापना भएको सेन्टर र चीनका तीनवटा साझेदारी संस्थाबीच सम्झौता पनि भएको छ ।
चाइना हाइनान उ लिलु अर्गानिक टि कम्पनी, चाइना कच्चा सेरामिक ह्याण्डिक्राफ्ट र चिया घर औद्योगिक फुड सर्भिस कम्पनी र लुम्बिनी बुद्धिजम एण्ड टि रिसर्च सेन्टरका सचिब कुमार खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेर कार्य प्रारम्भ गरेका छन् ।
उक्त संस्थाहरुले नेपालमा बुद्ध दर्शन र चिया संस्कृतिको प्रवद्धनका लागि अध्ययन अनुसन्धान गर्ने भएका हुन ।
प्रतिक्रिया दिनुहोस्