
काठमाडौं, असार ७ । व्यवस्थापिका–संसदको विकास समितिको मंगलबार बसेको बैठकमा स्थानीय निकायको पुनःसंचना र निर्वाचनको विषयमा छलफल भएको छ ।
बैठकमा बोल्ने धेरैजसो सांसदले अहिलेको अवस्थामा स्थानीय निकायको निर्वाचन हुन नसक्ने धारणा राखेका छन् ।
सरकारले तयारीबिनै निर्वाचनको हल्ला गरेको भन्दै पहिले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन उनीहरुले माग गरे ।
मधेस समस्या सामधान नभएसम्म कसरी निर्वाचन हुन सक्छ ? भन्दै सांसदहरुले गाउँ, जिल्ला र नगरस्तरमा सुझाव संकलन गर्न सुझाए ।
सांसदहरु रामकृष्ण घिमिरे, रविन कोइराला, जीवनबहादुर शाहीलगायतले स्थानीय निकायको पुनःसंरचना गर्दा भूगोल विभाजन गर्न नहुने, तराई र सहरलाई जनसंख्याको आधारमा, हिमाल र पहाडलाई भूगोलको आधारमा गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले नयाँ संरचनामा जाँदा निर्वाचन गर्न कठिनाइ भए पुरानै संरचनामा भएपनि निर्वाचन गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्