२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


जसरी पनि सत्तामा पुग्ने संकीर्ण स्वार्थ त्याग्नोस् : उपप्रम मैनाली


0
Shares

पोखरा, असार ७ । उपप्रधान एवं महिला, बालबालिका र समाजकल्याणमन्त्री सीपी मैनालीले जसरी पनि सत्तामा पुग्ने संकीर्ण स्वार्थ त्याग्न सबै दल र नेताहरुलाई आग्रह गरेका छन् ।

मंगलबार पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा लायन्स मुटुरोग उपचार केन्दको शुभारम्भ गर्दै उनले सत्तामा पुग्न सधैं षडयन्त्र गरिरहने प्रवृत्तिले देशमा राजनीतिक अस्थिरता बढ्ने बताए ।

लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनको आर्थिक सहयोग तथा पोखरा उद्योग वाणिज्य संघ र लायन्स डिष्ट्रिक्ट ३२५ बी १ को सहकार्यमा उपचार केन्द्रमा करिब एक करोड ५० लाख रुपैयाँ बराबरको अत्याधुनिक मेसिन जडान गरिएको छ ।