
काठमाडौं, असार ७ । अफगानिस्तानको काबुलमा आतंककारी आक्रमणमा मारिएका नेपालीहरुको परिवारलाई राहत दिन र अवैधानिक तरिकाले श्रमका लागि विदेश पठाउने काम रोक्न सांसदहरुले माग गरेका छन् ।
व्यवस्थापिका–संसदको बैठकमा बोल्दै सांसदहरुले असुरक्षित देशहरुमा वैधानिकरुपमासमेत कामदार पठाउन नहुने बताएका हुन् ।
संसदको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले युवाहरुलाई स्वदेशमा नै रोजगारी दिनुपर्ने बताए ।
नेकपा एमालेका सांसद चुडामणि जंगलीले क्यानेडियन दूतावासको असावधानीका कारण नेपालीहरुले ज्यान गुमाउनुपरेको बताए ।
उनले अफगानिस्तानमा ५ हजारभन्दा वढी नेपालीले श्रम स्वीकृति लिएर र १५ हजारभन्दा बढीले अवैधानिकरुपमा काम गरिरहेको जिकिर गरे ।
सांसद जंगलीले मृतकका परिवारलाई सरकारले तत्काद राहत दिनुपर्ने माग पनि गरे ।
यस्तै, नेपाली कांग्रेसका सांसद दीपक कुइँकेलले काबुल घटनाको विरोधमा संसदले हत्या–हिंसाको अन्त्य गर्ने संकल्प गरेर विश्वलाई सन्देश दिनुपर्ने बताए ।
सभामुख ओनसरी घर्तीले घटनाको विरोध गर्दे शोकसन्तप्त परिवारजनप्रति श्रद्धाञ्जलि व्यक्त गरिन् ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्