
काठमाडौं, असार ७ । अमेरिको माथिल्लो सदन ‘सीनेट’ले बन्दुक नियन्त्रणलाई कडाइ गर्ने योजना अस्वीकृत गरेको छ ।
सीनेटले आतंकवादीको निगरानी सूचीमा रहेका व्यक्तिलाई हतियार बिक्रीमा प्रतिबन्ध लगाउनुपर्ने योजना पनि अस्वीकृत गरेको छ ।
फ्लोरिडा नाइटक्लबमा ४९ जना मारिने गरी भएको आक्रमणअघि नै सीनेटमा हतियारसँग सम्बन्धित चारओटा प्रस्ताव लगिएको थियो ।
तर, डेमोक्रेटिक र रिपब्लिकन सीनेटरहरुले पार्टीको ‘लाइन’अनुसार मतदान गर्दै एक–अर्काको प्रस्ताव रोकेका छन् ।
सीनेटरहरुबीच भविष्यमा हुनसक्ने आक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमामा गहिरो मतभेद भएको छ ।
अमेरिकामा बन्दुकका ‘डिलर’हरु संघीय सरकारबाट लाइसेन्स प्रान्त हुन्छन् ।
अमेरिकमा मानसिक स्वास्थ्य समस्या वा कुनै गम्भीर अपराध भएका अमेरिकीलेमात्र हतियार किन्न पाउदैनन् ।
आतंकावदीको निगरानी सूचीमा रहेकाहरु पनि हतियार किन्नबाट रोक्ने कुनै विशेष प्रतिबन्धात्मक व्यवस्था छैन । यस्तो सूचीमा करिब १० लाख व्यक्ति छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्