Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


दैनिक सयौं नेपाली युवा–युवती ‘यसकारण’ खाडीतिर (भिडियोसहित)


0
Shares

प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, असार ७ । स्वदेशमा रोजगारीको अवसर नपाएपछि दैनिक सयौं नेपाली युवा–युवती विदेशिने गरेका छन् । यसरी जानेहरु विदेशिनु आफूहरुको बाध्यता भएको बताउँछन् ।

तर, विदेशी भूमि असुरक्षित छ भन्ने थाहा पाउँदा–पाउँदै पनि विदेश जानेको संख्यामा कुनै कमी आएको छैन ।

कपिलवस्तुको वनगाई गाविसका विशाल खत्री २० वर्षका भए । मंगलबार दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलमा पुग्दा उनी वैदेशिक रोजगारीको लागि कतार जाने तयारीमा देखिन्थे ।

टायल ओछ्याउने कामका लागि मजदुरकारुपमा कतार जान लागेका खत्री देशभित्र रोजगारीको सम्भावना नदेखेपछि विदेशिन लागेको बताउँछन् ।

नुवाकोटकी पार्वती स्याङ्तान पनि वैदेशिक रोजगारीकै लागि संयुक्त अरब इमिरेट्न (युएई) उड्ने तयारी गर्दैगर्दा विमानस्थलमै भेटिइन् ।

सरसफाइ मजदुरकारुपमा युएई जान लागेकी पार्वती पनि देशभित्रको अवस्थाकै कारण विदेशिनुपरेको बताउँदै थिइन् ।

खत्री र स्याङ्तान त प्रतिनिधिपात्रमात्रै हुन् । वैदेशिक रोजगारीको लागि अहिले दैनिक सरदर १ हजार ५ सयजना विमानस्थल हुँदै खाडी मुलुकका विभिन्न सहर पुग्ने गर्दछन् ।

विदेशी भूमि, असुरक्षित तथा कठीन कामको विषयमा जानकार हुँदा–हुँदै पनि वैदेशिक रोजगारीमा जानेको भीड घट्न सकेको छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।