
नवीन कुइँकेल (इमेज)
लमजुङ, असार ७ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर भएको आरोपमा प्रहरीले लमजुङमा एकजनालाई पक्राउ गरेको छ ।
पूर्वी लमजुङको राइनास–३, धमिलिकुवामा रहेको सहोदर अस्पतालका सन्चालकसमेत रहेका ३८ वर्षीय शिवराम श्रीमललाई प्रहरीले नक्कली डाक्टरको आरोपमा पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले तयार पारेको नक्कली डाक्टरको सूचीमा रहेका श्रीमललाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमलबहादुर रजौरेको नेतृत्वमा खटिएको टोलीले अस्पतालबाटै पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । श्रीमलले यसअघि जुम्ला, ओखलढुंगा, डढेल्धुरालगायतका जिल्लामा बसेर काम गरिसकेका छन् ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्