२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘वार्ताबाट सहमति खोज्न सरकार प्रयासरत्’


0
Shares

काठमाडौं, असार ७ । शान्तिमन्त्री एकनाथ ढकालले मधेसी मोर्चालगायतसँग वार्ताबाट सहमति खोज्न सरकार प्रयासरत् रहेको बताएका छन् ।

उनले मधेसी मोर्चासँगको सहमतिबिना संविधान कार्यान्वयन कठीन हुने भन्दै सरकारले वार्ताबाट समाधान खोजिरहेको बताए ।

मंगलबार राजधानीमा भएको प्रताप स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मन्त्री ढकालले वार्ताको माध्यमबाट समाधान खोज्ने सरकारको प्रयासमा सबैले साथ दिनुपर्ने पनि बताए ।

कार्यक्रममा गोरखापत्र दैनिकका करुण अर्याललाई प्रताप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

शिक्षासेवी स्वर्गीय प्रतापविक्रम शाहीको नाममा प्रताप स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।