Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


शेयर बजार मंगलबार सुधारियो


0
Shares

काठमाडौं, असार ७ । पछिल्ला दुई दिन उल्लेख्य दरले ओरालो लाग्दै आएको शेयर बजार मंगलबार सुधारियो ।

संसदले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को मस्यौदामा पुनर्विचार गर्न अर्थ समितिमा फर्काएसँगै लगानीकर्तामा आशा जगाएको विश्लेषण गरिएको छ ।

यसदिन नेप्से १३ अंकले उकालो लागेर १६ सय २८ मा पुग्यो । होटल र वित्त सामान्य अंकले ऋणात्मक रहेबाहेक अरु सबै समूह सकारात्मक रहेसँगै नेप्सेमा उल्लेख्य सुधार आएको हो ।

बीमा समूहमा सबैभन्दा उच्च १ सय ७३ अंकको बृद्धि आयो । जलविद्युत् समूहमा ५३ अंकको सुधार आयो । वाणिज्य बैंक समूह पनि दोहोरो अंकले उक्लियो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको १८ लाख १९ हजार कित्ता शेयर १ अर्ब २२ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।