काठमाडौं, असार ८ । व्यवस्थापिका संसदले विवादित बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) पुनः अर्थ समितिमा फिर्ता पठाएको छ ।
मंगलबार बसेको समितिको पूर्ण बैठकले अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा विवादास्पद केही दफा संशोधनका लागि पुनः समितिमा फर्काउने निर्णय गरेको हो ।
केही बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा संचालकको तीव्र दबाबमा अर्थ समिति मातहत गठन भएको उपसमितिले हतार हतार बाफियामा संशोधन गरी पास गरेको थियो ।
सांसद र बैंक संचालक रहेका समितिका सदस्यको दबाबmे मस्यौदा विधेयकमा तोकिएको अध्यक्षको कार्यकाल हटाउन सफल भएका उनीहरुको खेल सार्वजनिक भएपछि विवादमा आएको थियो । –नागरिक दैनिकबाट





प्रतिक्रिया दिनुहोस्