Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


ग्यास आयात नगर्ने उद्योगको दर्ता खारेज गर्ने मन्त्रालयको चेतावनी


0
Shares

काठमाडौं, असार ८ । आपूर्ति मन्त्रालयले अत्यावश्यकीय वस्तु एलपी ग्यास आयात नगर्ने ग्यास उद्योगको दर्ता खारेज गर्ने चेतावनी दिएको छ ।

मंगलबार हामीसँग कुरा गर्दै आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले ग्यास आयात नगर्ने ग्यास उद्योग खारेजसम्म गर्न सकिने चेतावनी दिएका हुन् ।

ग्यास उद्योगीहरुले मंगलबारदेखि नै नेपाल आयल निगमबाट एलपी ग्यासको ‘पीडीओ’ लिन छाडेका छन् ।

एचपी ग्यासको सिलिन्डर पड्किएर ललितपुरमा तीनजनाको मृत्यु भएपछि सरकारले हिमालयन पेट्रोकेमिकल्सको पीडीओ रोक्का गर्न आयल निगमलाई निर्देशनपछि ग्यास उद्योगीहरु ग्यास आयात रोक्ने गरी आन्दोलनमा उत्रिएका हुन् ।

अत्यावश्यकीय वस्तु आयात नगर्ने ग्यास उद्योगीको निर्णय उपभोक्ता हितविपरीत भएको भन्दै मन्त्रालयले तत्काल आन्दोलन फिर्ता गर्न पनि आग्रह गरेको छ ।

हडताल घोषणा गरेका उद्योगीले सोमबार भने ग्यासको पीडीओ उठाएका थिए ।

फाइल  फोटो