२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


अढाई महिना वित्यो, लाइसेन्सको लिखित परीक्षाको नतिजा आएन


0
Shares

कञ्चनपुर । महाकाली यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले अढाई महिना बितिसक्दा पनि मोटरसाईकल तथा स्कुटरका लागि लिइएको लाइसेन्सको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छैन ।

कर्मचारीको लापरवाहीका कारण गत फागुन दोस्रो साता लिएको लिखित परीक्षाको नतिजा हालसम्म सार्वजनिक गर्न नसकेको हो ।

चालक अनुमति पत्रको लिखित परीक्षा पास भएपछि ९० दिनभित्र तीन पटकसम्म प्रयोगात्मक परीक्षा दिन पाउने प्रावधान रहेपनि कञ्चनपुरमा भने लिखित परीक्षाकै नतिजा सार्वजनिक नभएपछि सेवाग्राही मर्कामा परेका छन् ।

समयमै प्रश्नपत्र जाँच गर्न नसकिएकाले लिखित परिक्षाको नतिजा सार्वजनिक गर्न ढिलाई भएको महाकाली यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी कविन्द्र ओझाले बताए ।

फागुनदेखि रोकिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेसँगै प्रयोगात्मक परीक्षा गरेर साउनबाट भने नियमित परीक्षा संचालन हुने कार्यालयले जनाएको छ ।