
काठमाडौं, असार ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको निर्वाचन तोकिएकै मितिमा हुने प्रस्ट पारेका छन् ।
बुधबार आफूलाई भेट्न पुगेका नेपाल विद्यार्थी संघका विद्यार्थीहरुसँग आफ्नै निवास बुढानीलकन्ठमा कुरा गर्दै उनले निष्पक्ष, स्वतन्त्र र विद्यार्थीको भावना अनुकूल निर्वाचन गराइने वचन दिए ।
कसैलाई काखा र पाखा गर्ने पार्टीको नियत नभएको भन्दै उनले नयाँ पुस्ताबिनाको पार्टी चल्न नसक्ने भएकाले निर्वाचन जरुरी रहेको बताए ।
पार्टीभित्र नेपाल विद्यार्थी संघको अलग्गै गौरव रहेको भन्दै ऐतिहासिक भूमिका नबिर्सन उनको आग्रह थियो ।
विद्यार्थी नेताहरुले भने निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण बनाउन सभापति देउवासँग आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्