
नवलपरासी, असार ८ । तराइ मधेश लोकतान्त्रिक पार्टीको अध्यक्षमा महन्थ ठाकुर पुनः निर्वाचित भएका छन् । नवलपरासी सदरमुकाम परासीमा आजदेखि सुरु भएको बन्द सत्रमा ठाकुरको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध रुपमा अध्यक्ष चयन भएका हुन् ।
निर्वाचन समितिले आधिकारिक रुपमा अध्यक्ष चयन गरेको घोषणा गर्न भने बाँकी रहेको जनाएको छ । बन्द सत्रमा छलफल भने जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्