
काठमाडौं, असार ८ । नेपाली कांँग्रेसले नयाँ संविधानको ब्यवस्था अनुसार निर्वाचन गर्न माग गरेको छ । संविधानको ब्यवस्था अनुसार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्ने काँंग्रेसको भनाई छ ।
व्यवस्थापिका संसदको आजको बैठकमा कांग्रेस नेता एवं सांसद रामचन्द्र पौडेलले आफुहरु निर्वाचनको पक्षमा रहेको र अब नयाँ संविधान अनुसार गाउपालिका नगरपालिकाको निर्वाचन गर्नुपर्ने बताए ।
सत्ताका लागि सहमति जरुरी नभएको भन्दै उनले आफुहरु ब्यवस्थाका लागि सहमति गर्न तयार रहेको स्पष्ट पारे । संविधान कार्यान्वयनका लागि भने सहमति जरुरी पर्ने पौडेलको भनाई छ ।
कांग्रेस नेता पौडेलले सरकारले भुकम्प पिडितलाई राहत दिनुको साटो आफुखुशी रकम बितरण गरेको आरोप समेत लगाए ।
यसैबीच, केही नेपाल कानूनलाई संशोधन एकीकण समायोजन र खारेज गर्ने विधेयक २०७१, सर्वोच्च अदालत पहिलो संशोधन विधेयक २०७३ र न्याय सेवा आयोग विधेयक २०७३ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्