१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


न्यायाधीशले मुद्दा नहेरेको भन्दै वकिल नै आमरण अनशनमा


0
Shares

काठमाडौं, असार ९ । आफूले दर्ता गरेको सार्वजनिक सरोकारसम्बन्धी एउटा निवेदनलाई सर्वोच्च अदालतले सुनुवाई गर्न विलम्व गरेको भन्दै अधिवक्ता पूर्णचन्द्र पौडेल बुधबारबाट अदालत परिसरमै आमरण अनशन बसेका छन् ।

न्यायपरिषदले सर्वोच्च अदालतमा नियुक्तिका लागि गरेको सिफारिस गैरसंवैधानिक दाबी गर्दै दायर गरेको रिट निवेदन अदालतले नियतवस सुनुवाई नगरेको भन्दै उनी आमरण अनशनमा बसेका हुन् ।

अपूर्ण न्यायपरिषदले सर्वोच्च अदालतमा सिफारिस गरेको नौ स्थायी न्यायाधीशको नियुक्ति प्रकृया रोक्न मागसहित दायर रिटलाई सर्वोच्च अदालतले ११ पटकसम्म स्थगित गरेर जानीजानी प्रयोजनहीन बनाउन लागेको उनको आरोप छ । उनले आफ्नो मुद्दालाई १४ पटक पेसी सूचीमा राखेर पनि सुनुवाई नगरिएको बताएका छन् ।

नेपाल बार एसोसिएसन परिसरमा पाल टाँगेर अनशन सुरु गरेका पौडेल आफू एक सूत्रीय माग राखेर अनशनमा बसेको बताउँछन् । –राजधानी दैनिकबाट