१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


ग्यास उद्योगीको धम्कीपछि सरकारद्वारा कारवाही फिर्ता


0
Shares

काठमाडौं, असार ९ । ग्यास उद्योगीको गैरकानुनी धम्कीले अन्ततः सरकार झुकेको छ । ललितपुर र कालिमाटी ग्यास विस्फोटको वास्तविक तथ्य सार्वजनिक नहुँदै सरकारले एचपी ग्यास उद्योगलाई गरेको कारवाही फिर्ता लिएको छ ।

उद्योगीको दबाबपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

ग्यास उद्योगीले अत्यावश्यक सेवा सञ्चालन ऐनविपरीत मंगलबारदेखि पिडिओ नलिएपछि सरकार उनीहरुको गैरकानुनी धम्कीका अगाडि झुक्दै कारवाही फिर्ता लिएको हो । यसबाट उपभोक्ताको भान्छामा सिलिन्डर बमको आतंक झन बढ्ने देखिन्छ । –नागरिक दैनिकबाट