काठमाडौं, वैशाख १८ । एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले १ अंक हासिल गरेको छ ।
सुरुआती दुई खेलमा अंकविहीन मनाङले तेस्रो खेलमा भारतको मिनेर्भा पन्जाबसित बराबरी खेल्दै अंक बाँडेको हो ।
बुधबार भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो ।
मनाङका लागि अभिषेक रिजाल र सोमिदेले एक/एक गोल गरे । खेलको ३४औं मिनेटमा सुजल श्रेष्ठले पेनाल्टी प्रहार खेर फालेका थिए ।
यसअघि, मनाङ बंगलादेशको अबहानी लिमिटेडसित १–० ले र भारतको सुपर लिग च्याम्पियन चेन्नाइन एफसीसित २–० ले पराजित भएको थियो ।
समूह ‘ई’मा रहेको मनाङ १ अंकबाट पुछारमा रहँदा चेन्नाइन ७ अंकसहित शीर्ष स्थानमा छ । त्यसैगरी, ४ अंक जोडेको अबहानी दोस्रो तथा तीनओटै खेलमा बराबरी गरेको पन्जाब तेस्रोे स्थानमा छ ।











प्रतिक्रिया दिनुहोस्