
विकास पौडेल (इमेज)
चितवन, वैशाख १८ । स्वदेशमा उत्पादित वस्तुहरुको भन्डारण सुविधा नहुँदा निर्यातयोग्य वस्तुहरुसमेत विश्व बजारमा पठाउन सकिएको छैन ।
विश्व बजारमा निर्यात गर्न धेरै परिमाणमा वस्तुहरु उत्पादन गर्नुपर्ने हुन्छ । तर, मुलुकमा एकैपटकमा धेरै परिमाणमा वस्तुहरु उत्पादन गर्न कठिन छ ।
उत्पादित वस्तुहरुलाई संकलन गरेर एकै स्थानमा भन्डारण गरेर एकैपटक धेरै मात्रामा वस्तु निर्यात गर्नसक्ने सम्भावना भने छ ।
यसका लागि ‘कोल्ड स्टोरेज’को व्यवस्था गरेर स्वदेशमा उत्पादित कृषिजन्य वस्तुहरु निर्यात गर्न सकिने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयेश खनाल बताउँछन् ।
पछिल्ला वर्षमा व्यापार घाटा चुलिँदो छ । एक रुपैयाँको सामान निर्यात गर्दा १५.३ रुपैयाँ बराबरको आयात भइरहेको छ ।
नीतिगत प्रावधानहरुले गर्दा निर्यातमा समस्या भइरहेको भन्दै आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने नीति ल्याउनुपर्नेमा व्यवसायीहरुले जोड दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्