१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


मजदुरका नेतालाई मजदुरमुखी बन्न मन्त्रीको आग्रह


0
Shares

बारा, वैशाख १८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले दुनियाँ निर्माण गर्ने बल मजदुरमामात्र हुने भएकाले उचित कदर गर्नुपर्ने बताएका छन् ।

मजदुर दिवसका अवसरमा बुधबार बारामा आयोजित कार्यक्रममा उनले दुनियाँ निर्माण गर्ने तागत मालिकमा नभइ मजदुरमा भएकाले दुवैलाई मिलाएर लैजानुपर्ने धारणा राखे ।

मजदुरका हक, अधिकार हनन् गर्ने जोसुकैलाई सरकारले कारबाही गर्ने भन्दै मन्त्री यादवले मजदुरका नेतालाई मजदुरमुखी बन्न आग्रह गरे ।

उद्योगधन्दाको विकासमार्फत् उत्पादनमा वृद्धि गरी श्रमको ‘ग्यारेन्टी’ गर्नसकेमात्र देशको विकास सम्भव रहेको उनको भनाइ थियो ।