३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


काठमाडौं उपत्यकाका प्रमुख सडक सौर्यबत्तीले झिलिमिली हुँदै


0
Shares

काठमाडौं, असार ९ । आगामी डेढ वर्षभित्र काठमाडौं उपत्यकाका प्रमुख सडकमा सौर्यऊर्जा जडान गरी झिलिमिली गराइने भएको छ ।

महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीकाअनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत् एक हजार ८५ सौर्यबत्ती जडान गर्न लागिएको हो ।

काठमाडौंका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यकासाथ ल्याइएको उक्त कार्यक्रमका लागि कामपाले गत जेठ २७ गते सूचना बोलपत्र आह्वान गरिसकेको छ ।

बोलपत्रका लागि हालसम्म २० भन्दा बढी कम्पनीले फाराम भरिसकेका छन् । कामपाले यही असार १२ गतेसम्मका लागि आवेदन खुला गरेको छ ।

सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खन्ड पहिचान गरेको छ । सोअनुसार कलंकीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल तथा क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सौर्यबत्ती राखिने छ ।

त्यस्तै, सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो चरणमा चार सय खम्बा गाडिने कामपाको भनाइ छ ।

त्यस्तै, दोस्रोे चरणमा दरबारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी सडक तथा गौशालामा सौर्यबत्ती राखिने छ ।

त्यस्तै, ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार र पुतलीसडकमा तीन सय सौर्यबत्ती जडान गरिने छ ।

महानगरले पहिचान गरेको तेस्रो चरणमा ती सय ८५ खम्बा राखिने छ ।

सो चरणअन्तर्गत् पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शंखमूल पुलसम्म, तीनकुने कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलचोकसम्म सौर्यबत्ती जडान गरिने बताइएको छ । रासस

फाइल फोटो