३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


नेप्से १८ अंकले उकालो लाग्यो


0
Shares

काठमाडौं, असार ९ । साताको अन्तिम दिन विहीबार पनि शेयर बजार दोहोरो अंकले नै सुधारिएर थामियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १८ अंकले उकालो लागेर १६ सय ६६ पुगेर थामियो ।

कारोबार पनि यसदिन पनि २ अर्ब बराबर पुग्यो । वित्तबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहे । बीमा समूहमा सबैभन्दा उच्च ७० अंक बराबरको सुधार आयो ।

जलविद्युत् समूह ४० अंकले बढ्यो । उत्पादनमूलक समूह ३४ अंकले उकालो लाग्यो । वाणिज्य बैंक समूह २३ अंकले सुध्रियो । विकास बैंक र होटल समूह पनि दोहोरो अंकले बढे । वित्त समूह भन ७ अंक बराबरले ऋणात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३५ कम्पनीको ३२ लाख २१ हजार कित्ता शेयर १ अर्ब ९९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।