१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


४२ वर्षदेखि श्रम गर्दै आएका श्रमिक सम्मानित


0
Shares

डडेल्धुरा, वैशाख १८ । ४२ वर्षदेखि डडेल्धुरामा श्रम गर्दै आएका एकजना श्रमिकलाई नेपाल ट्रेड युनियन कांग्रेस डडेल्धुराले सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार युनियनले भरिया श्रमिक गगनबहादुर महरालाई एकजोर लुगा र तीन हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

बझाङको बित्थडका महर वि.सं. २०३३ सालदेखि सदरमुकाम डडेल्धुरामा पारवहान मालसमान ओसार–पोसार गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेश सांसद एवं नेपाली कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले उनलाई सम्मान गरेका हुन् ।